समाचार

भारतीय प्रधानमन्त्री मोदी ‘छिट्टै’ नेपाल भ्रमणमा आउने

By खबरहब

September 10, 2019

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने बताएका छन् ।

भिडियो कन्फ्रेन्सिङमार्फत अमलेखगन्ज–मोतिहारी सीमापार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।

नेपालका समकक्षी (प्रधानमन्त्री केपी शर्मा ओली)लाई सम्बोधन गर्दै प्रधामन्त्री मोदीले भने, ‘तपाईंले मलाई फेरि एकपटक त्यहाँ (नेपाल) आउनका लागि निमन्त्रणा गर्नुभएको छ । म यो कुरालाई धेरै महत्व दिन्छु । मेरो पनि तीब्र इच्छा हुन्छ, नेपाल आउन । म धेरै छिटो नेपाल आउने प्रयास गर्नेछु । तपाईंलाई धेरै धेरै धन्यवाद !’

मोदीले प्रधानमन्त्री ओलीको उत्तम स्वास्थ्यका लागि पनि कामना गरे ।