देश/प्रदेश

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

By खबरहब

October 10, 2019

नवलपरासी– नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्घाट दाउन्ने सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

माल बाहक ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउने सनाखत हुन बाँकी रहेको छ भने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।