राजनीति

अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी रिहाइको माग 

By खबरहब

November 10, 2019

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीकाे रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रले भारतीय विस्तारवादी नक्साको विरोधका क्रममा पक्राउ परेका रायमाझीकाे विनाशर्त रिहाइको माग गरेको हो । उसले विज्ञप्ति जारी गर्दै  देशभक्त नागरिकहरुमाथी दमन, धरपकड रोक्न भनेको छ ।

भारतले नेपालका लिम्पियाधुर, लिपुलेक ,कालापानी क्षेत्रलाई आफ्नो नक्साभित्र समेटेको विरोधमा  वद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।