समाचार

अपराध महाशाखाका इन्सपेक्टर ४० हजार घुससहित पक्राउ

By खबरहब

December 11, 2019

काठमाडौं– महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यक्तिसँग लिएको ४० हजार रुपैयाँसहित इन्सपेक्टर थापा पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले थापालाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।