अन्तर्राष्ट्रिय

अमेरिका इरान तनाव–खाडीमा युद्धपोत र मिसाइल तैनाथ

By खबरहब

May 11, 2019

एजेन्सी– इरानसँग बढिरहेको तनावका बीच अमेरिकाले मध्यपूर्वमा प्याट्रियट मिसाइल रक्षा प्रणाली पठाउने तयारी गरेको छ ।

युद्धपोत यूएसएस आर्लिगटनलाई खाडीमा यूएसएस अब्राहम लिंकन लडाकू समूहमा सहभागी गराइने छ । यसमा तैनाथ विमान जमिन तथा पानी दुबै स्थानमा लडाकुको ठेगानमा निशाना बनाउन सक्छ ।

अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार कतारको एक सैन्य ठेगानामा बम बर्साने वाल युएस बी ५२ विमान पनि पठाइएको छ ।

विभागका अनुसार मध्यपूर्वमा रहेको अमेरिकी सेनालाई इरानीमा सम्भावित खतराबाट बचाउनका लागि यो कदम उठाइएको हो । तर खतरा के हो भन्ने स्पस्ट रुपमा भनिएको छैन ।

इरानले यसलाई बकवास भनेको छ । इरानले अमेरिकाको यो उपस्थितीलाई मनोवैज्ञानिक युद्ध भएको बताएको छ ।