देश/प्रदेश

ट्रकले बसलाई ठक्कर दिँदा रौतहटमा २ भारतीय तीर्थयात्रीको मृत्यु

By खबरहब

June 11, 2019

रौतह– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर जंगलमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका जनाइएको छ ।

मंगलपुरको जंगलामा रोकिराखेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बससलाई को १ ख २६२५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।

बसमा भारतका तीर्थयात्र सवार रहेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतीय राज्य उडिसाको भुवनेश्वर घर भएका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशाल छन् ।

घाइते भएकामध्ये ६ जनाको रौतहटको चन्द्रपुरमा र ३ जनाको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक २ जनाको शव भने रौतहट सदरमुकाम चन्द्रनिगाहपुरस्थित अस्पतालमा राखिएको जनाइएको छ ।

दुर्घटनामा बसका चालक दुर्गाप्रसाद पौडेल घाइते छन् । बसलाई ठक्कर दिएर फरार रहेका ट्रकका चालक सुनसरीका रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।