रोचक/विचित्र संसार

जुठा भाँडा माझ्छन् संसारकै धनाढ्य बिल गेट्स !

By खबरहब

July 11, 2019

एजेन्सी- सायद सबैलाई लाग्दो हो, धनाढ्यहरुको जीवन कति आलिशान र भव्य हुन्छ भनेर ।

धनाढ्यहरुसँग खर्च गर्न पर्याप्त पैसा हुन्छ, त्यसैले उनीहरु आफूले चाहेको सबै सामान किन्न सक्छन् र घरमा जोसुकैलाई काम लगाउन पनि सक्छन् । तर, उनीहरुको जीवन आरामसँग बित्छ भन्ने भ्रममा नपर्नुस् ।

संसारको सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन भने अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

बिल गेट्को सम्पत्ति १ खर्ब अमेकिरी डलरभन्दा धेरै छ । यस्तोमा उनले आफ्नो जीवन आलिशान शैलीले बिताउने गरेको अरुलाई भ्रम पर्दै गएको हुनसक्छ । बिल गेट्सले सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका थिए ।

उनीहरुको विवाह भएको २५ वर्षभन्दा धेरै भइसकेको छ । तर, विगत २५ वर्षदेखि यो जोडीले आफ्नो घरमा आफैं खाना बनाएर आफैं जुठा भाँडा समेत माझ्दै आएका छन् । धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता हो ।

उनीहरुले अरु सामान्य मानिसले जस्तै साधारण जीवन बिताइरहेका छन् । उनीहरु घरका अन्य काम पनि सँगै गर्न रुचाउँछन् । गेट्स दम्पत्ती घरायसी काम दुई जनाले बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।