रोचक/विचित्र संसार

सेल्फी तस्वीरकै कारण यी सुन्दरीले जागिरबाट हात धुनुपर्‍यो

By खबरहब

August 11, 2019

प्रविधिको विकाससँग मानिसहरु रमाउनु स्वभाविक हो । तर कुन चिज कुन प्रयोजनका लागि कुन समयमा प्रयोग गर्ने भन्ने ख्याल नगर्दा यसले जीवनमा ठूलो क्षति पुर्‍याउने गरेका कैयौं उदाहरण छन् ।

यस्तै उदाहरण बनेकी छिन् एक शिक्षिका, जसले सेल्फी तस्वीर खिचेकै कारण हुँदाखाँदाको जारिबाट हात धुनु परेको छ । रुसको येकातेरिनबर्ग शहरमा बस्ने भिक्टोरिया डेमेस्कीना हेर्दा निकै सुन्दर छिन् ।

उनी आफ्नो सुन्दरतमा गर्ब गर्छिन् । सेल्फीकी सौखिन यी २६ वर्षीया सुन्दरी स्थानीय एक स्कूलमा शिक्षिका थिइन् । सामाजिक सञ्जालमा उनले सेल्फी खिचेका तस्वीर अपलोड गर्न थालेपछि उनको करियरमा धक्का लागेको हो । यतिसम्म कि स्कूल प्रशासनले उनलाई जागिरबाट नै निकालिदियो ।

बोल्ड अवतारका तस्वीरहरुले विद्यालयका विद्यार्थीहरुमाझ गलत सन्देश जाने भन्दै प्रशासनले उनलाई जागिरबाट निकालिदिएको हो । विद्यार्थीहरुका अभिभावकले समेत ती सुन्दरीका विषयमा विद्यालय प्रशासनमा गुनासो गर्न थालेपछि उनलाई जागिरबाट निकालिएको जनाइएको छ ।