फाइल तस्वीर

टिप्स

२ देखि ७ दिनमा देखा पर्न थाल्छ डेंगु रोगको सामान्य लक्षण

By खबरहब

September 11, 2019

डेंगुका कारण अहिले करीब ४ हजार जना मानिस संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

लामखुट्टेबाट लाग्ने यो रोगका कारण ६ जनाको मत्युसमेत भइसकेको छ । डेंगु रोगको सामान्य लक्षण २ देखि ७ दिनमा देखा पर्न थाल्छ

सामान्य लक्षण

१. रुघा लाग्नु, सामान्य ज्वरो आउनु २. टाउको दुख्नु(आँखाको पछाडीको भागमा) ३. वान्ता आउनु, वाकवाकी लाग्नु ४. पेट दुख्नु, पखाला लाग्नु ५. मांशपेसी, हाड र जोर्नी दुख्नु ६. छालामा रातो फोका देखिनु गम्भिर लक्षण ४देखि ७ दिनमा देखा पर्न थाल्छ

गम्भिर लक्षण

१.उच्च ज्वरो (१०४डिग्री फरेन्हाइटसम्म) २.नाक र मुखबाट रक्तश्राव हुनु ३. रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु ४. रक्तचाप अत्यधिक घटनु

कसरी सर्छ डेंगु ?

१. एडिज एजेप्टी जातको लामखुट्टेको टोकाईबाट २. संक्रमित लामखुट्टेको टोकाईबाट ३. संक्रमित व्यक्तिको रगत वा कुनै अंग प्रत्यारोपणबाट ४.गर्भावस्थामा आमालाई डेंगु लागेमा शिशुमा समेत सर्ने सम्भावना