अन्य

पत्रकार सिलवाल र राई सम्मानित

By खबरहब

September 11, 2019

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को स्थापना दिवसको अवसरमा पत्रकार राजु सिलवाल र निशान राई सम्मानित भएका छन् ।

काठमाडौंमा बुधबार एक कार्यक्रम गरी मञ्चले २४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार सिलवाल र राईलाई सम्मान गरेको हो ।

सिलवाललाई एनएसजेएफ खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा राई युवा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

खेल पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै मञ्चले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत सिलवाल र खेलपाटी डटकममा कार्यरत राईलाई प्रोत्साहनस्वरुप सम्मान गरेको बताएको छ ।

युवा खेलकुद पत्रकारिता पुरस्कार गत वर्षदेखि थप गरिएको हो ।