आर्थिक

नेपालमा लगानी गर्नेले उच्च प्रतिफल प्राप्त गरिरहेको अर्थमन्त्रीको दावी

By खबरहब

September 11, 2019

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई फेरि पनि आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । उनले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गरे ।

नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताए ।

अर्थमन्त्री खतिवडाले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जोसुकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने बताए ।