खेलकुद

सान मारिनोलाई पराजित गर्दै बेल्जियम युरोकपमा छनोट

By खबरहब

October 11, 2019

काठमाडौं- सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट भएको छ ।

बिहिबार राति भएको खेलमा बेल्जियमले सान मारिनोविरुद्ध ९ गोल गर्‍यो । सान मारिनोले कुनै जवाफी गोल फर्काउन सकेन । यो जीतसँगै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो ।

शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ । बेल्जियमले तेस्रो स्थानको साईप्रससंग ११ अंकको अग्रता लिन सफल भएको हो ।

बेल्जियमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो । जसमा रोमेलु लुकाकुले दुई, दुई आत्मघाति र नसर चदली र युरी टाइलेमेनले एक एक गोल गरेका थिए ।

दोस्रो हाफपछि क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले गोल गरेका थिए । लुकाकुले बेल्जियमका लागि ५१ गोल गरे । उनी बेल्जियमका लािग ५० गोल पुरा गर्ने पहिलो खेलाडी बने ।

ईन्टर मिलानका फरवार्ड लुकाकुको पछिल्लो १० खेलमा देश र क्लबका लागि छैटौ गोल हो ।