देश/प्रदेश

कमजोर आँधीको प्रभाव नेपालमा बुधबारसम्म रहने

By खबरहब

November 11, 2019

काठमाडौं– देशको पहाडी भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २५ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

कार्तिक २६ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

कार्तिक २७ गते (बुधबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

राती: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।