खेलकुद

एभीसी सेन्ट्रल जोनमा नेपालको लगातार दोस्रो जीत

By खबरहब

November 11, 2019

काठमाडौं – बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जीत हात पारेको छ ।

सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली टोलीले प्रतियोगितामा दोस्रो जीत हात पारेको हो ।

नेपाली महिला टोली अहिलेसम्म प्रतियोगितामा बलियो देखिएको छ । आज भएको किर्गिस्तानसँग पनि नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्यो ।

जसमा नेपालले पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१९ र अन्तिम सेटमा २५–२० को स्कोरमा पराजित गर्‍यो ।

नेपाली टोली पहिलो संस्करणको प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्यसहित बंगलादेश पुगेको छ ।