बलिउड/हलिउड

आयुष्मान खुरानाविरुद्ध मुद्दा

By खबरहब

March 12, 2019

मुम्बई – बलिउड अभिनेता आयुष्मान खुरानाको पछिल्लो समय खुबै चर्चा हुने गर्छ । उनका पछिल्ला दुई फिल्म ‘अन्धाधुन’ र ‘बधाई हो’ बक्स अफिसमा पनि सुपरहिट बने ।

अहिले आएर आयुष्मान आफ्नो आउने फिल्म ‘बाला’ लाई लिएर कानूनी झमेलामा फसेका छन् ।

यो फिल्म युवापुस्तामा तालु खुइलिने समस्यामा आधारित छ ।

खासमा यो फिल्ममा निर्देशक सुधीर मिश्राका सहयोगी रहेका कमलकान्त चन्द्राले फिल्म ‘बाला’ का लिड एक्टर आयुष्मान खुराना, निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकमाथि फिल्म ‘विग’ को कहानी चोरीको आरोप लगाएका छन् ।

उनले शुक्रबार यी तीनमाथि मुम्बईको हाई कोर्टमा मुद्दा हालेका छन् ।