खेलकुद

डा टी आओ च्याम्पियनसिपका लागि २० सदस्यीय फुटबल टोलीको घोषणा

By खबरहब

February 12, 2019

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले डा टी आओ फुटबल च्याम्पियसिप खेल्ने यु—२१ टोलीको घोषणा गरेको छ । फेब्रुअरी १९ देखि २८ सम्म भारतको गुवाहाटीमा हुने प्रतियोगिताका लागि एन्फाले मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा गोलरक्षकतर्फ सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी रहेका छन् । त्यस्तै, डिफेन्डरतर्फ राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ हुँदा मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी रहेका छन् । फरवार्डमा रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ छन् ।

एन्फाको खेलाडी छनोट समितीले वैकल्पिक खेलाडीका रुपमा गोलकिपरमा अभिषेक बराल र डिफेन्डरमा शनिस श्रेष्ठ रहेका छन् भने मिडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्कालाई राखेको छ ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठलाई दिएको छ भने सहायक प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गरिएको छ । गोलरक्षक प्रशिक्षकका रुपमा चन्नुराम चौधरीको नाम रहेको छ ।

भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालीमेरेन आओको सम्झनामा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।