अन्तर्राष्ट्रिय

गुलेनको समूहमा आबद्ध भएको आरोपमा ११ सय पक्राउ

By खबरहब

February 12, 2019

एजेन्सी– टर्कीमा विवादास्पद धर्मगुरु फेतुल्लाह गुलेनको समूहमा आबद्ध १ हजारभन्दा धेरै संदिग्ध पक्राउ परेका छन् ।

टर्कीस प्रहरीले राजधानी अंकारासहित ७६ प्रान्तमा कारबाही गरी १ हजार १ सय १२ जनालाई पक्राउ गरेको टर्किस टेलिभिजन सीएनएन तुर्कले जनाएको छ ।

सन् २०१६ मा भएको असफल सैन्य ‘कु’ पछि टर्कीमा भएको यो वृहद स्तरको प्रहरी कारबाही हो ।

टर्कीले २ सय ५० जनाभन्दा धेरैको ज्यान जाने गरी सन् २०१६ को जुलाईमा भएको असफल सैन्य कुमा धर्मगुरु गुलेनको हात रहेको बताउँदै आएको छ । तर, अमेरिकामा निर्वासित जीवन बिताइरहेका गुलेनले भने सैन्य ‘कु’मा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

सैन्य ‘कु’ पछि टर्कीमा करिब ८० हजार जनाभन्दा धेरै गुलेनको सञ्जालसँग आबद्ध रहेको आरोपमा पक्राउ परेका छन् भने अरु लाखौँ राष्ट्रसेवकलाई बर्खास्त गरिएको छ ।