समाचार

साढे २ करोड धरौटी बुझाएर गोपाल खड्का रिहा

By खबरहब

February 12, 2019

काठमाडौं– सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतले मागेको २ करोड २० लाख रुपैयाँ धरौटीमा नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा बसेपछि खड्का रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु प्रमोजकुमार श्रेष्ठ वैध र नारायणप्रसाद पोखरेलको इजलाशले खड्कालाई २ करोड ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खड्काले सार्वजनिक अहोदामा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना र २ वर्ष कैद सजाय माग दावी गरेको थियो ।