रोचक/विचित्र संसार

एकै युनिटमा ३६ नर्स एकसाथ गर्भवती बनेपछि…

By खबरहब

August 12, 2019

सुन्दा पनि अचम्म लाग्ने समाचार बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । हालै यस्तै अचम्मको समाचार सार्वजनिक भएको छ । जहाँ एकै युनिटका ३६ जना नर्सहरु एकसाथ गर्भवती बनेका हुन् । घटना अमेरिकाको हो ।

अमेरिकाको एक अस्पतालको एक युनिटका ३६ नर्स एकैसाथ गर्भवती भएको सो अस्पतालले जनाएको हो । अस्पताले एक साथ गर्भवती भएका नर्सहरुको तस्वीर समेत सार्वजनिक गरेपछि उक्त तस्वीर भाइरल बन्यो ।

अमेरिकाको मिसुरीमा पर्ने कन्सास सिटीको चिल्ड्रेन मर्सी अस्पतालको आइसियुमा कार्यरत ३६ जना नर्स एकैसाथ गर्भवती भएको अस्पतालले जनाएको हो । जुन र जुलाईमा मात्र २० जना सुत्केरी भएका अस्पतालले जनाएको छ ।

एकै पटक एउटा युनिटमा ३६ जना नर्स गर्भवती भएको र अहिलेसम्म जन्मिएका २० बच्चामा जम्मा २ जना मात्र छोरी जन्मिएको अस्पतालले जनाएको छ ।

अस्पतालले सबै ३६ नर्सलाई एकसाथ देखाएर फोटो सार्वजनिक गरेको छ । फोटोमा बच्चा जन्माएका र बच्चा जन्माउने समय नजिक आएका सबै नर्सहरु सहभागी छन् । अस्पतालले गर्भवती सबै नर्सलाई विशेष सुविधासमेत प्रदान गरेको छ ।