अन्तर्राष्ट्रिय

यस्तो शहर जहाँ ४० दिनसम्म सूर्योदय नै हुँदैन

By खबरहब

August 12, 2019

एजेन्सी– रुसको मुर्मान्स्क शहरमा वर्षको ४० दिनसम्म सूर्योदय हुँदैन । २ डिसेम्बरबाट १० जनवरीसम्म त्यहाँका बान्दिाहरुले सूर्योदय नै देख्न पाउँदैनन् ।

३ लाख बढी जनसंख्या रहेको उक्त शहरका मानिसहरुले ४० दिनसम्म सूर्यको दर्शन गर्न नपाउँदा अन्धकारमै बिताउनु पर्ने हुन्छ ।

खासमा मुर्मान्स्क शहर सुमेरु वृत्त अर्थात् आर्कटिक सर्कलभित्र पर्छ । आर्कटिक सर्कल पृथ्वीको उत्तरी गोलार्धमा रहेको ६६ डिग्री ३३ मिनेट उत्तरी अक्षांश रेखामा पर्छ ।

यस्तो छ कारण

पृथ्वी २३.५ डिग्री ढल्केको छ । अर्कोतर्फ सुमेरु वृत्त उत्तरी ध्रुवनजिक पर्छ । पृथ्वीले सूर्यलाई घुम्ने क्रममा सेप्टेम्बर २१ पछि दक्षिणी गोलार्धतर्फ सूर्यको प्रकाश बढी पर्दै जान्छ । त्यसपछि दक्षिणी गोलार्धमा दिन लामो हुने तथा उत्तरी गोलार्धमा दिन छोटो हुँदै जान्छ ।

शून्य डिग्री अक्षांशको भूमध्य रेखाबाट उत्तरी गोलार्धको जति उत्तरतर्फ लाग्यो उति दिन छोटो हुँदै जान्छ । त्यसपछि त्यस्तो अवस्था आउँछ, त्यहाँ सूर्योदय नै हुँदैन । यही अनुसार मुर्मान्स्क शहरमा ४० दिनसम्म सूर्योदय हुन्न ।