रोचक/विचित्र संसार

खुर्सानी खाने प्रतियोगिताको विजेतालाई सुनको सिक्का पुरस्कार !

By खबरहब

September 12, 2019

एजेन्सी– विश्वमा विचित्रका प्रतियोगिता गरिन्छन् । रमाइलोका लागि विभिन्न खेलहरु आयोजना हुन्छन् । तर चीनमा हरेक वर्ष खुर्सानी खाने एक अनौठो प्रतियोगिताको आयोजना हुने गर्छ ।

चीनको हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ । खुर्सानी खाने प्रतियोगिताका विजेताले ३ ग्रामको २४ क्यारेट सुनको सिक्का पाउँछन् ।

गत वर्षदेखि सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करणमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्ने नियम बनाइएको हुन्छ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेका थिए । खुर्सानीले भरिभराउ एक पोखरीमा प्रतियोगिताको आयोजना गरिन्छ ।

प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ जुन खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।