समाचार

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत

By खबरहब

October 12, 2019

काठमाडौं– २ दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् ।

सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।

चिनियाँ सी अपराह्न ४ बजेर ३० मिनेटतिर चाइना एयरको विशेष विमानमार्फत काठमाडौं उत्रिएका थिए ।

राष्ट्रपति सीले शनिबारै समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।