देश/प्रदेश

गाउँपालिकाका वडाध्यक्षविरुद्ध २१ हजारको भ्रष्टाचार मुद्दा

By खबरहब

December 13, 2019

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष उमेशकुमार साहविरुद्ध २१ हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना मागदाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्थानीय हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै लिएको २१ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले वडाध्यक्ष साहलाई पक्राउ गरेको थियो ।