स्वास्थ्य

उपचार कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, अस्पतालले माग्यो सुरक्षा

By खबरहब

June 13, 2019

कपिलवस्तु– कपिलवस्तुको शिवराज अस्पतालमा चोटपटक लागेका बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि हातपातको प्रयास भएको छ ।

बुधबार दिउँसो साढे  २ बजे टाउको र शरीरको विभिन्न भागमा चोटपटक लिएर उपचालको लागि आएका असर्फी यादव, किशन कुमार यादव, हीरालाल यादव, रामनिवास पासी र प्रविण यादवको उपचार भइरहेको भइरहको थियो ।

सोहि समयमा  माइनर शल्य कक्षभित्रै प्रवेश गरी शिवराज नगरपालिकका रवीदत्त मिश्र, कृष्णनगर नगरपालिकाका शिव कुमार गुप्ताले उपचारमा संलग्न चिकित्सकलाई अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरी हातपालको प्रयास गरेको अस्पतालले जनाएको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकमाथी अभद्र व्यवहार भएको भन्दै शिवराज अस्पतालले सुरक्षाको माग समेत गरेको छ ।