रोचक/विचित्र संसार

दुई बच्चाकी आमा बनेकी यी महिलाले ८० भन्दा बढी परपुरुषसँग सम्बन्ध राखिन्

By खबरहब

August 13, 2019

एजेन्सी– शारीरिक सम्बन्धका विषयमा मानिसहरुका आ–आफ्नै विचार हुन्छन् । मन मिलेपछि सम्बन्ध राख्नु कुनै नौलो नहुने पश्चिमा संस्कृतिले देखाउँछ ।

तर बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।  ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती महिलाले आफ्नो पतिको मृत्युपछि परपुरुषसँग शारीरिक सम्बन्ध राख्न थालेको बताएकी छन् ।

उनले आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताउँदै आएकी छिन् । त्यसैले पनि यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको तर्क छ ।

दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउन जरुरी ठान्दछु र त्यसैगरी जिउँदै आएकी छु ।