रोजगार

कोरियामा अवैध आप्रवासी कामदारको संख्या बढ्दै, चिनियाँ कामदार सबैभन्दा बढी

By खबरहब

August 13, 2019

सियोल– करार अवधि सकिए पनि दक्षिण कोरियामा रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्ने विदेशी कामदार संख्या बढ्दै गएको छ । विगत ४ महिनामा धेरै अवैधानिक विदेशी श्रमिक रहेका कोरियाको अध्यगमनले जनाएको छ ।

विना कागजात तथा भिसा नभएका विदेशीको २ लाख २० हजारभन्दा धेरै रहेको अनुमान अध्यागमन विभागको छ । कोरियामा १०.८ प्रतिशत विदेशी श्रमिक अवैध रुपमा बसेर काम गरिहेको त्यहाँको अध्यागमन विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरियामा सवैभन्दा धेरै चिनियाँ श्रमिक अवैधानिक रुपमा बसेर काम गरिरहेका छन् । कोरियमा रहेका अवैधानिक कामदारमध्ये  चिनियाँहरु मात्रै ४७.६ रहेका कोरियाको अध्यगमन विभागले जनाएको छ ।

चिनियाँपछि भियतनामी ७ .७ अमेरिकी ७.३, थाई ५ प्रतिशत र फिलिपिनी २.८ प्रतिशत गैरकानूनी कामदारहरु कोरियामा कार्यरत छन् । त्यस्तै, रोजगारीका लागि कोरिया गएका नेपाली कामदारहरु पनि अवैध रुपमा बस्न क्रम बढेको कोरियास्थीत नेपाली दूतावासले जनाएको छ ।

कोरियामा झण्डै १ हजार २ सयभन्दा धेरै नेपाली अवैधानिक तवरले बसेका छन् । आगामी वर्षको कोटा पनि अवैधानिक बसेको संख्यालाई हेरेर निर्धारण हुने भएकोले अवैधानिक संख्या घटाउन कोरिया सरकारले ध्यानाकर्षण गराउने गरेको दूतावासले जनाएको छ ।