मनोरञ्जन

फ्राइडे रिलिज: अनुपको ‘पासवर्ड’ प्रदर्शनमा

By खबरहब

September 13, 2019

काठमाडौं – बलिउड अभिनेत्री सनी लियोनीको आइटम गीत रहेका कारण चर्चामा आएको चलचित्र ‘पासवर्ड’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बिहीबार राजधानीमा गरिएको विशेष शो मा चलचित्रले उत्साहजनक प्रतिक्रिया पाउन सकेन ।

एक्सन थ्रीलर फिल्म भनिएको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । पैसाको वरिपरि घुमेको यो फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सनी लियोनी, बुद्धि तामाङ, सनी लियोनी लगायतले अभिनय गरेका छन् ।

ट्रेलरले समेत खासै राम्रो प्रतिक्रिया पाउन नसके पनि यो फिल्मले प्रिमियरलाई भने भव्य बनाएको थियो । अझ चलचित्रको प्रिमियर शो मा सनी लियोनी नै आउने भएपछि प्रिमियर सबैको चासोको विषय बनेको थियो ।