रोचक/विचित्र संसार

५ करोड रुपैयाँले घेरिएका भगवान !

By खबरहब

September 13, 2019

भगवान, अर्थात धर्म शास्त्रहरुका अनुसार सम्पुर्ण सृष्टिको रचनाकर्ता र पालनकर्ता । भनिन्छ भगवनालाई प्राणिबाट श्रद्धा बाहेक अरु केहि चाँहिदैन । तर मानिसहरु भने भगवानलाई केहि न केहि अर्पण गर्दछन् ।

भारतमा भने भगवानको मूर्ति सजाउन अचम्मैको सामाग्रि प्रयोग गरीएको छ ।

भारतको कोयंबटूर शहरको एक मन्दिरमा भगवानलाई कागजी नोटबाट सजाइएको छ । त्यो पनि २/४ हजार वा लाखले हैन, पुरा ५ करोडको नोटले भगवानको मूर्ति सजाइएको हो ।

यतिमात्र होइन, मूर्तिका वरीपरी बहुमुल्य हिरा समेत लगाइएको छ । ति बहुमुल्य हिराको मुल्य नेपाली बजारमा झण्डै पाँच करोड हुनेछ ।

कोयंबटूरको श्री मुथुमरियम्मन मन्दिरको मूर्तिलाई ५ करोड बराबरको भारतीय मुद्राबाट सजाइएको छ ।

जसका कारण मूर्तिको पुजा गर्न जानेहरु भारती नोटबाट घेरीएको भगवान मूर्तिको पुजा गरेर फर्किने गर्दछन् ।

हुनत दक्षिण भारतका मन्दिरहरु सम्पन्नता कारण चर्चित छन् । तर यस मूर्तिको आसपासमा पा“च सय र दुई हजार दरका भारतीय नोटबाट भगवान मूर्तिलाई सजाइएको हो ।