एसिया

आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी – कुर्द लडाकु

By खबरहब

October 13, 2019

एजेन्सी– उत्तरी सिरियाका कुर्द लडाकुले आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी भएको बताएका छन् ।

टर्कीको आक्रमण सामना गरिरहेका कुर्द लडाकुले अमेरिकाले आफूलाई सुरक्षा दिने भनेर एक्लै छाडेको आरोप लगाएका छन् ।

सिरियन डेमोक्रेटिक फोर्सेजका प्रवक्ता रेदुर खलीलले कुर्दहरुले इमान्दारीतापूर्वक कार्य गरिरहे पनि निरास पारिएको प्रतिक्रिया दिए ।

‘आइएसआइएसविरुद्धको लडाइँमा हाम्रो साथ थुप्रै सहयोगीहरु थिए । हामीहरु उनीहरुको साथमा पूरै इमानदारीका साथ लडेका थियौं, जुन हाम्रो संस्कृति र परम्पराअनुरुप थियो,’ खलीले भनेका छन्, ‘तर हाम्रा सहयोगीले अचानक कुनै चेतावनीबीना हामीलाई एक्लै छाडिदिएका छन् । यो एकदमै निराशाजनक छ ।’

खलीले उक्त इलाकाको हवाई क्षेत्र टर्कीको सैन्य विमानका लागि बन्द गराइदिन अमेरिकासँग माग पनि गरेका छन् ।