समाचार

साढे ३ लाख नगदसहित काठमाडौंबाट १० जना जुवाडे पक्राउ

By खबरहब

November 13, 2019

काठमाडौं– प्रहरीले काठमाडौंको हलचोकबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३ हलचोकस्थित हरिमाया पुतुवारको घरमा जुवा (कौडा) खेल्दै गरेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्ने जुवाडेहरुमा काठमाडौंको सितापाइला घर भएका ३७ वर्षीय सचित दुलाल, काभ्रेका पाँचखाल घर इ सितापाइला बस्ने ३० वर्षीय बाल कुमार पन्त, नुवाकोटको ककनी घर भइ सितापाइला नै बस्ने ३० वषई दिनेश लामा, काठमाडौं महानगरपालिका–३ घर भएका २८ वर्षीय महेश गोतामे, काठमाडौंको सितापाइल घर भएका ३२ वर्षीय राज कुमार तामाङ, ४३ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौंको फुस्कु घर भएका २४ वर्षी सुशन्त लामा, हलचोक घर भएका ४१ वर्षी सुक्र बहादुर पुतुवार, सितापाइला घर भएका ४५ वर्षी राजु बस्नेत र काभ्रेको पाँचखाल घर भइ काठमाडौंको भगवानपाउ बस्ने ४७ वर्षीय बेद बहादुर पन्त छन् ।

प्रहरीले उनीहरुको साथबाट ३ लाख ६० हजार रुपैयाँ नगदसहित १६ थान कौडा बरामद गरेको छ ।