खेलकुद

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

By खबरहब

March 14, 2019

काठमाडौं– नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी प्रतियोगितामा समूह चरणको अन्तिम खेल खेल्नु अगावै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल भएको समूह ‘ए’को बिहीवार सम्पन्न खेलमा बंगलादेशले भुटानलाई २–० गोल अन्तरले पराजित गरेपछि नेपाल अन्तिम चारमा पर्न सफल भएको हो ।

नेपालले आफ्नो पहिलो (उद्घाटन) खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको थियो । बिहीबारको खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले पनि सेमिफाइनका लागि स्थाना पक्का गरिसकेको छ ।

अब समूह बिजेताका लागि आइतवार नेपाल र बंगलादेशबीच खेल हुने छ ।