खेलकुद

घरेलु मैदानको फाइदा उठाउँछौं – प्रशिक्षक लोप्सान

By खबरहब

May 14, 2019

काठमाडौं-मनाङ-मर्स्याङ्दी क्लबले एएफसी कप छनोटमा भारतीय फुटबल क्लब मिनर्भा पञ्जावसँगको होम गेममा बुधबार खेल्दैछ । मनाङले घरेलु मैदानमा भारतीय आई लिग च्याम्पियन मिनर्भासँग स्पष्ट जित निकाल्ने लक्ष्य रहेको बताएको छ ।

यसअघि अवे खेलमा एएफसी कपमा मिनर्भासँग बराबरी खेल्दै १ अंक बटुलेको मनाङ घरेलु मैदानमा मिनर्भालाई रोक्दै अंक तालिकामा ४ अंक जोड्ने लक्ष्य बनाएको जानकारी दिएको छ ।

अवे खेलमा मनाङले मिनर्भासँग २–२ गोलबो बराबरी खेलेको थियो । मंगलबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मिनर्भाकै मैदानमा ड्र गरेर फर्किएकाले होम ग्राउण्डको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन् ।

यस्तै, कप्तान विराज महर्जनले पनि अहिलेसम्मका खेलमा खेलाडीकै कारण पराजित हुनु परेको स्वीकार्दै बुधबारको खेलमा जित हात पार्ने बताएका छन् । मनाङविरुद्ध ३ अंक जोड्ने मिनर्भाका प्रशिक्षक सचिन तजानी बढानेले बताए । मनाङलाई घरेल मैदानमा रोक्दौ नेपाल बसाइ सुखद बनाउने लक्ष्यमा रहेको उनले स्पष्ट पारे ।