सुरक्षा

१ हप्ता लामो चीन भ्रमणमा जाँदै प्रधानसेनापति थापा

By खबरहब

June 14, 2019

काठमाडौं– नेपाली सेनाका महारथी (प्रधानसेनापति) पूर्णचन्द्र थापा १ साता लामो मैत्रीपूर्ण भ्रमणका लागि चीन जाने भएका छन् ।

प्रधानसेनापति थापा असार १ देखि ७ गतेसम्मका लागि चीन भ्रमणमा जान लागेका हुन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा थापा चीन जान लागेका हुन् ।

प्रधानसेनापति थापाका साथ उनकी धर्मपत्नी दिपा थापा तथा नेपाली सेनाका कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जना चीन भ्रमणमा जान लागेका हुन् ।

प्रधानसेनापति थापाले चीन भ्रमणको क्रममा त्यहाँको सैनिक संगठन तथा संरचनाको निरीक्षण, ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने र सेना तथा सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।