देश/प्रदेश

सुर्खेत दुर्घटना– वडा सचिवसहित दुई जनाको मृत्यु

By खबरहब

June 14, 2019

सुर्खेत– सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करले उनी गम्भीर घाइते भएका थिए। प्रदेश अस्पताल कालागाउँ पुर्‍याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।