इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प

By खबरहब

July 14, 2019

जकार्ता– इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । पूर्वी इण्डोनेशियाको मालुकु टापु समूह अन्तर्गत हाल्मेहारा टापुमा १० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का स्थानीय टेर्नाटे शहरसम्म महशुस गरिएको र त्यहाँका मानिसहरु आत्तिएको भिडियो सार्वजनिक भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । इण्डोनेशियाको भूकम्प नियमन निकाय बीएमकेजीले भूकम्पबाट ४ हजार जना जति प्रभावित हुनसक्ने जनाएको छ । बीएमकेजीले भूकम्पपछि सुनामी जाने सम्भावना पनि नरहेको जनाएको छ ।

प्रशान्त अग्नीचक्र भनिने क्षेत्रमा अवस्थित इण्डोनेशियामा बारम्बार भूकम्प र ज्वालामुखी विष्फोटनका घटना हुने गरेका छन् ।