रोचक/विचित्र संसार

बन्ने हैन करोडपतिको ज्वाइँ ? यस्तो छ सर्त

By खबरहब

September 14, 2019

के तपाईंलाई करोडपति व्यक्तिको ज्वाइँ बन्ने इच्छा छ ?

यदि त्यसो हो भने अब तपाईंको त्यो इच्छा पुरा पनि हुन सक्छ । केही समय अघि मात्र एक करोडपति ब्यापारीले आफ्नी छोरीको विहेका लागि अनौठो सर्त सहित अनलाईन विज्ञापन गरेको छन् ।

तर यो घटना नेपालको भने होइन, थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले छोरीको विवाहका लागि सार्वजनिक गरेको विज्ञापन अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् ।

तर यसका लागि उनको शर्त भने मान्नुपर्छ । उनको छोरीसँग विवाह गर्न चाहने केटा एकदमै मेहनती हुनुपर्छ, चुरोट/खैनी/रक्सी नखाने हुनुपर्छ ।

केटाको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ । अनि उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ ।