फाइल फोटो

रोचक/विचित्र संसार

रक्सीका लागि २५ हजारमा छोरालाई नै बेचेपछि…!

By खबरहब

October 14, 2019

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ ।

एक बाबुले रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचेका छन् । घटना भारतको हो । ओडिसास्थित भद्रक सहरका एक जनाले आफ्नो एक वर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् ।

निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गरेको थियो । प्रहरीले ती बच्चाको सकुशल उद्दार गरेर आमालाई दिएका थिए ।

अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जेल पठाइएको छ । बच्चा खरिद गर्नेले केही वर्ष पछि सडक दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए ।

उनले बच्चा खोजिदिनका लागि दलाल समेत लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले दलाललाई ४५ हजार भारु दिएको जनाएका छन् । तर दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अनुसन्धानका क्रममा खुलेको छ ।