रोचक/विचित्र संसार

दुबईका शासकले किने ४५ करोडमा घोडा !

By खबरहब

October 14, 2019

दुबईका शासक शेख मोहमद बिन रसिदले झण्डै ४५ करोडमा रुपयाँमा एउटा घोडा खरिद गरेका छन् ।

विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा)लाई उनले ४३ लाख ५६ हजार डलरमा खरिद गरेका हुन् ।

दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुमले बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गरेका हुन् ।

यो निकै उत्कृष्ट घोडा हो र निकै तीव्र गतिमा दौडिन सक्छ,’ शेखका प्रतिनिधिले भने, ‘यसलाई शेख मोहमदले चुनेका छन् । आज उनको लागि यो सबैभन्दा प्रिय थियो । हामीले सोचभन्दा बढी नै खर्च गर्नुपरे पनि यस्ता घोडा किन्न कहिलेकाहिँ यतिसम्म पनि गर्नैपर्छ ।’

प्रतिस्पर्धी कुलमोरले पनि यो घोडाका लागि ठूलो धनराशी खर्चन तयार देखिएका कारण शेखले यति धेरै रकम खर्च गर्नुपरेको थियो ।