sf7df8f}F, @* sflQsM /fi6«klt xldb km]jftfndf g]kfnsf] cf}krfl/s ;befjgf e|d0fdf /xg'ePsf aªunfb]zsf /fi6«klt df]xDdb cAb'n xldb laxLaf/ kf]v/fsf] km]jftfndf 8'ªuf zo/ ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

समाचार

फेवातालमा बंगलादेशका राष्ट्रपतिको डुंगा शयर (फोटो फिचर)

By खबरहब

November 14, 2019

पोखरा– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा शयर गरेका छन् ।

बिहीवार पोखरा पुगेका उनले फेवातालमा जलविहार गरेका हुन् ।

राष्ट्रवपति हमिद नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंबाट पोखरा पुगेका थिए ।

पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाइएको थियो ।

पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।

राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम राखिएको थियो ।

जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।