आर्थिक

ज्योति समूहविरुद्धको उजुरी फिर्ता गर्न माग गर्दै निवेदन

By खबरहब

November 14, 2019

काठमाडौं- घरजग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ परेका ज्योति परवार विरुद्ध उजुरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिने भएका छन् । उनले आफुले ज्योति समूहविरुद्ध दिएको जाहेरी फिर्ताका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन् ।

मल्लले जाहेरी फिर्ताको माग गर्दै निवेदन दिएको जानकारी दिँदै सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले निवेदनमाथि कस्तो निर्णय हुने भन्ने बाँकी रहेको बताए ।

मल्लले ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका थिए ।

मल्लले ठगीको आरोप लगाउँदै ज्योति समूहविरुद्ध दिएको उजुरी फिर्ता भए ज्योतिविरुद्धको मुद्दा नचल्ने पनि खनालले बताए । त्यसपछि ज्योतिको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदनका आधारलाई लिएर मुद्दा चल्ने र नचल्ने निर्णय हुने खनालले बताए ।