प्रतिकात्मक तस्वीर

समाचार

३ हजार घुससहित शाखा अधिकृत पक्राउ

By खबरहब

November 14, 2019

काठमाडौं- ३ हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मार्दा यातयात व्यवस्था कार्यालय काठमाडौँको मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित पक्राउ परेका हुन् ।

अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियाराको टोली कार्यालय पुगेको थियो ।

उनले सेवाग्राहीबाट बार्गेनिङ गरेर लिएको ३ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय टंगालबाट गएको टोलीले घुस रकमसहित शाखा अधिकृत भट्टराई र घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखाबाटै पक्राउ गरेको ५ ।

पक्राउ परेका पाँचै जनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगले जनाएको छ।