समाचार

पूर्व सभामुख महराको मुद्दामा साक्षीहरुको बकपत्र शुरु

By खबरहब

December 15, 2019

काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारबाट बकपत्र शुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा दुवैतर्फका साक्षीहरुको बकपत्र शुरु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले यही मंसीर ६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

पाण्डे उच्च अदालतको न्यायाधीश भएर गएपछि पौडेलको इजलासमा बकपत्र सुरु गरिएको हो । साक्षीहरुको बकपत्र सोमबार पनि चल्नेछ ।

अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् ।

महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।