सांकेतिक तस्बिर

राजनीति

विप्लवका कार्यकर्तालाई लक्षित गरी कैलालीमा गोली प्रहार

By खबरहब

April 15, 2019

धनगढी– कैलालीको कैलारी गाउँपालिकामा १ राउण्ड गोली चलेको छ । कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेडामा सोमबार अपरान्ह चार बजेतिर स्थानीय राजाराम चौधरीलाई लक्षित गरेर गोली चलेको बताइएको छ ।

राजाराम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको समर्थक रहेको जनाइएको छ । राजाराम खेतमा गहुँ काटीरहेको अवस्थामा गोली चलेको तर, उनलाई गोली नलागेको स्थानीयले बताएका छन् ।

कैलाली प्रहरीले भने गोली नचलेको प्रतिक्रिया दिएको छ । प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सेनाले भने, ‘प्रहरी टोली खरुवाखेडामा नै छ । तर गोली चलेको छैन ।’