रोचक/विचित्र संसार

रेलको एसीबाट एकाएक झरना बग्न थालेपछि… (भिडियो सहित)

By खबरहब

September 15, 2019

एसी वातावरण अनुकुलित बनाउन प्रयोग गरिन्छ । एसीले प्रतिकुल मौसमलाई अनुकुल बनाइ सहजता बनाउँछ ।

एसीको महत्वकै कारण कार्यालय, घर, उद्योग सहित सवारी साधनमा समेत प्रयोगमा ल्याइन्छ । गर्मी हुँदा एसीको हावामा बसेर यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

सुविधाको लागि जडान गरीएको एसीबाट पानीको झरना बग्यो भने के होला ? त्यो पनि एउटा रेल भित्र यात्रा गरिरहेका यात्रुको कक्षमा एकाएक रेलको एसीबाट पानीको झरना बग्यो भन्दा जो कोहिलाई पत्यार नलाग्ला । तर भारतको बैग्लोरबाट पटना जाँदै गरेको एक रेल भित्र एसीबाट पानीको झरना बगेर रेलको डिब्बा नै भरिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोलाई रेलका एक यात्रिले शेयर गरेका थिए । ती यात्रीका अनुसार उक्त घटना भारतको बैग्लोरबाट पटना जाने संघमित्रा एक्सप्रेसको एसी–१ कक्ष भित्रको हो ।

जसमा एकाएक एसीबाट पानीको झरना बग्न थालेपछि यात्रुहरुले सास्ती भोगेका थिए । हुनत यसरी रेलको एसी भित्रबाट पानीको झरना बग्नुको कारण मुम्बईमा आएको भारी बर्षा भएको रेल विभागले बताएको छ, तर रेलका यात्रि भने रेल कर्मचारीको लापरबाहिले यस्तो भएको दाबा गरीरहेका छन् ।

संगमित्रा सुपर फ़ास्ट A1 का हाल, यात्री परेशान, pic.twitter.com/6pSzqKPjmB

— suyagya rai (@RaiSuyagya) June 29, 2019