मनोरञ्जन

भुवनले गरे जसिता ‘एन्टी हिरो’ मा अनुबन्ध भएको समाचारको खण्डन

By खबरहब

September 15, 2019

काठमाडौं – अभिनेता भुवन केसीले चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएको विषयलाई लिएर खण्डन गरेका छन् । केही मिडियामा फिल्ममा जसिता अनुबन्ध भएको समाचार प्रकाशन भएपछि सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले समाचारमा सत्यता नभएको बताएका छन् ।

‘काजोल फिल्मसको ब्यानरमा बन्ने हाम्रो आगामी प्रोजेक्ट एन्टीहिरोको प्री–प्रोडक्सनको काम भइरहेको छ, यसबारेमा केही मिडियामा आएका समाचार फेक हुन्,’ भुवनले भने, ‘हामीले महत्त्वपूर्ण समाचारहरु आधिकारिक फेसबूक पेजका माध्यमबाट दिनेछौँ ।’

यो फिल्ममा अनमोल केसी र भुवन केसी भने पहिले नै तय भइसकेका छन् । खबरका अनुसार यो फिल्ममा भुवन खलनायकको भूमिकामा देखिनेछन् ।