रोचक/विचित्र संसार

जकिर खानले संसारकै सानो कार बनाएर राखे रेकर्ड

By खबरहब

October 15, 2019

एजेन्सी– नाम, दाम, मान र प्रष्तिष्ठा कमाउन मानिसहरु निकै लागिपर्छन् । कोही सफलता हात पार्छन् त कोही प्रयासरत नै रहन्छन् । हालै एक जनाले संसारकै सानो कार बनाएर रेकर्ड राखेका छन् ।

भारत बेङ्गलोरका इन्टेरियर डिजाइनर जकिर खानले मोडिफाई गरेको एसयूभी संसारकै सानो कारको नामले गिनीज वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

सानैदेखि कार तथा मोटरसाइकलको मोडिफिकेसनमा विशेष रुची राख्ने जकिरले डिजाइन गरेको उक्त जिप्सीको उचाई ३ फिट रहेको छ ।

जकिर भन्छन्, ‘कार, मोटरसाइकलको मोडिफिकेसनमा मेरो विशेष रुची छ । हाल मैले बनाएको मिनी–जिप्शीले वर्ल्ड रेकर्ड राख्दा निकै खुसी लागेको छ ।’

उनकाअनुसार यसमा ८४० सीसी क्षमताको थ्री–सिलिन्डर इन्जिन लगाइएको छ । यसको टपस्पीड क्षमता १४० किलोमिटर प्रतिघन्टा रहेको खानले बताए । फ्लाटवेट बडी–स्टाइलमा निर्माण भएको यो कारमा मिनी ह्वील लगाइएको छ ।

जस्तोसुकै रोडमा गुड्न सक्ने यो कारमा दुईवटा सिट राखिएको छ । खानले यसअघि पनि संसारकै सबैभन्दा ठूलो साइजको मोटरसाइकल निर्माण गरी गिनिज बुकमा आफ्नो नाम लेखाइसकेका छन् । उनले निर्माण गरेको मोटरसाइकल १३ फिट अग्लो थियो ।