खेलकुद

बुल्गेरियाको पोस्टमा इग्ल्यान्डको ६ गोल

By खबरहब

October 15, 2019

काठमाडौं– युरोकप छनोटअन्तर्गत इग्ल्यान्डले शानदार जीत निकालेको छ । बुल्गेरियासँगको खेलमा इंग्ल्याण्डले ६ शून्यको जीत निकालेको हो ।

सोमबार राति भएको खेलमा इग्ल्यान्डका लागि रोस बार्कली र रहिम स्टर्लिङले समान दुई गोल गरे। त्यस्तै, मार्कोस रासफोर्ड र ह्यारी केनले एक-एक गोल गरे।

पहिलो हाफमा ४-० को अग्रता बनाएको इग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै समूह ‘ए’ मा शीर्ष स्थानको इग्ल्याण्डको ६ खेलबाट १५ अंक भएको छ। बुल्गेरिया ३ अंकसहित तालिकाको पुछारमा छ।