फाइल फोटो

क्रिकेट

तेस्रो खेलमा पहिलो जीत खोज्दै नेपाल

By खबरहब

November 15, 2019

काठमाडौं- भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भारत ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले तेस्रो खेलमा भारत ‘बी’ सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल ९:१५ मा शुरु हुनेछ ।

भारत ‘बी’ विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत ‘बी’ माथि जित निकाल्न नेपाललाई कठिन चुनौती भने रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।