इनसाइट/स्पेशल

मनाङको भीरमा अलपत्र फ्रान्सेली पर्यटकको उद्दार

By खबरहब

November 15, 2019

जोमसोम– प्रहरीले मुस्ताङमा पदयात्राका क्रममा भीरमा फसेकी फ्रान्सेली नागरिकको उद्दार गरेको छ।

राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टासम्म भीरमै अलपत्र परेकी ३२ वर्षीया फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको प्रहरीले शुक्रबार सकुशल उद्दार गरेका हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा उनी अलपत्र परेकी थिइन् ।

मुस्ताङका प्रहरी प्रवक्ता आशीष अधिकारीका अनुसार उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङदेखि थ्रोरङ्लापास हुँददै मुस्ताङको जोमसोम आउने क्रममा थिइन् ।

उनी भीरमा अलपत्र परेको सूचना दिउँसो ३ बजे प्रहरीलाई जानकारी गराइएको थियो । उनीसँग जीपीएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दूतावासलाई जानकारी गराएकी थिइन् ।

यसपछि दूतावासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।