क्रिकेट

धनगढीद्वारा विराटनगरसामू १ सय १८ रनको लक्ष्य प्रस्तुत

By खबरहब

December 16, 2019

पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार बिहान पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले निर्धारित २० ओभरको खेल खेल्दै ८ विकेट गुमाएर १सय१७रन बनायो ।

टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्दा सानो योगफलमा टुङ्गीएको हो ।

धनगढीका लागि कमलसिंह ऐरीले अन्तिम २ बलमा एक छक्का र एक चौका प्रहार गर्दै २६ रनको योगदान गरे । यस्तै, श्रीमन्थ विजयरत्नले सर्वाधिक २५ रन बनाए भने रेड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२ र मञ्जीत श्रेष्ठले ११ रन बनाएका थिए ।

धनगढीविरुद्ध विराटनगरका सहाब आलमले ३ विकेट, नोमन खानले दुई विकेट लिए भने मोहम्मद जायद आलम, पुनित मेहरा र किशोर महतोले समान एक–एक विकेट लिए ।